काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रकाश शर्माहरू धेरै अगाडि बढे निष्कासनसम्मको विकल्पमा जाने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका खड्काले गगन र विश्वसहितका नेताहरूलाई निष्कासनसम्मको कारबाही गरिने बताएका छन् ।
‘उता नोमिनेशनको प्रक्रिया सुरू भएको छ, यता केन्द्रीय कमिटी बैठक पनि सुरू भएको छ। सबै जिल्लाका सभापतिहरू जुटेर दबाबमुलक कार्यक्रम पनि हुँदैछ’, उनले भने ।
केन्द्रीय कार्यालय सानेपामा पनि हस्ताक्षर संकलन अभियान चलिरहेको खड्काले बताएका छन् । यसैलाई लिएर सञ्चारकर्मीहरूले उता निर्णय भएपछि यता कारबाही गर्ने कुरा भएको सुनिएको छ नि भनेर खड्कालाई सोधेका थिए ।
उनले जवाफमा भने, ‘सकेसम्म वार्ता सहमतिमै टुंगिन्छ भन्ने आशा गरेका छौँ । सानेपामा एक किसिमको तयारी भएको छ। उहाँहरू (विशेष महाधिवेशन पक्षधर)ले पार्टी छाडेपछि सामन्यतया पार्टी निष्कासन गरिन्छ ।’













प्रतिक्रिया