विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ « Khabarhub

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रकाश शर्माहरू धेरै अगाडि बढे निष्कासनसम्मको विकल्पमा जाने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका खड्काले गगन र विश्वसहितका नेताहरूलाई निष्कासनसम्मको कारबाही गरिने बताएका छन् ।

‘उता नोमिनेशनको प्रक्रिया सुरू भएको छ, यता केन्द्रीय कमिटी बैठक पनि सुरू भएको छ। सबै जिल्लाका सभापतिहरू जुटेर दबाबमुलक कार्यक्रम पनि हुँदैछ’, उनले भने ।

केन्द्रीय कार्यालय सानेपामा पनि हस्ताक्षर संकलन अभियान चलिरहेको खड्काले बताएका छन् । यसैलाई लिएर सञ्चारकर्मीहरूले उता निर्णय भएपछि यता कारबाही गर्ने कुरा भएको सुनिएको छ नि भनेर खड्कालाई सोधेका थिए ।

उनले जवाफमा भने, ‘सकेसम्म वार्ता सहमतिमै टुंगिन्छ भन्ने आशा गरेका छौँ । सानेपामा एक किसिमको तयारी भएको छ। उहाँहरू (विशेष महाधिवेशन पक्षधर)ले पार्टी छाडेपछि सामन्यतया पार्टी निष्कासन गरिन्छ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ३५ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध