काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को पहिलो टिजर कानुनी विवादमा परेको छ । टिजरमा अश्लील, यौनिक तथा नैतिक रूपमा आपत्तिजनक दृश्य समावेश गरिएको आरोप लगाउँदै सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्ड (सीबीएफसी) मा औपचारिक उजुरी दर्ता गरेका हुन् ।
उजुरीमा उक्त टिजर सामाजिक सञ्जालमार्फत नियन्त्रणविना फैलिँदा सर्वसाधारण, विशेषगरी बालबालिका र किशोरकिशोरीमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ । साथै, यस्तो सामग्री अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक सीमाभन्दा बाहिर रहेको दाबी गरिएको छ । चलचित्र ऐन र सीबीएफसीका नियमावली उल्लंघन भएको भन्दै टिजरको समीक्षा, आपत्तिजनक दृश्य हटाउन तथा सम्बन्धित निर्माता–निर्देशकविरुद्ध आवश्यक कारबाहीको माग गरिएको छ ।
गीता मोहनदासको निर्देशनमा तयार भएको ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को कथा स्वयं यश र गीता मोहनदासले लेखेका हुन्। फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, रुक्मिणी वसन्त र तारा सुतारिया जस्ता चर्चित कलाकारहरूको दमदार अभिनय रहनेछ। केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसनको ब्यानरमा भेन्कट के नारायण र यश स्वयंले निर्माण गरेको यो फिल्म आगामी मार्च १९, २०२६ मा विश्वव्यापी रूपमा रिलिज हुने तय भएको छ ।













प्रतिक्रिया