यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप « Khabarhub

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को पहिलो टिजर कानुनी विवादमा परेको छ । टिजरमा अश्लील, यौनिक तथा नैतिक रूपमा आपत्तिजनक दृश्य समावेश गरिएको आरोप लगाउँदै सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्ड (सीबीएफसी) मा औपचारिक उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा उक्त टिजर सामाजिक सञ्जालमार्फत नियन्त्रणविना फैलिँदा सर्वसाधारण, विशेषगरी बालबालिका र किशोरकिशोरीमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ । साथै, यस्तो सामग्री अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक सीमाभन्दा बाहिर रहेको दाबी गरिएको छ । चलचित्र ऐन र सीबीएफसीका नियमावली उल्लंघन भएको भन्दै टिजरको समीक्षा, आपत्तिजनक दृश्य हटाउन तथा सम्बन्धित निर्माता–निर्देशकविरुद्ध आवश्यक कारबाहीको माग गरिएको छ ।

गीता मोहनदासको निर्देशनमा तयार भएको ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को कथा स्वयं यश र गीता मोहनदासले लेखेका हुन्। फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, रुक्मिणी वसन्त र तारा सुतारिया जस्ता चर्चित कलाकारहरूको दमदार अभिनय रहनेछ। केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसनको ब्यानरमा भेन्कट के नारायण र यश स्वयंले निर्माण गरेको यो फिल्म आगामी मार्च १९, २०२६ मा विश्वव्यापी रूपमा रिलिज हुने तय भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०८ बजे

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ