कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण भइरहेको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डमा निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिइरहेका छन् ।

सभापति पदका लागि हालसम्म चार जनाले मनोयनपत्र लगिसकेका छन् । निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।

बाँकी उपसभापति लगायत अन्य पदाधिकारीको फर्म पनि धमाधम वितरण भइरहेको छ । मनोनयन दर्ता भने साढे ६ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

उम्मेदवारी दर्ताका लागि खटिएका कर्मचारीहरूले दर्ता शुल्कका लागि नगद नै ल्याउन आग्रह गरिरहेका छन् । केही उम्मेदवारहरूले डिजिटल भुक्तानी गर्न चाहे पनि कर्मचारीहरूले क्युआर नचल्ने, नगदै चाहिने भनेर फर्काइरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ३६ बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली