काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण भइरहेको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डमा निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिइरहेका छन् ।
सभापति पदका लागि हालसम्म चार जनाले मनोयनपत्र लगिसकेका छन् । निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।
बाँकी उपसभापति लगायत अन्य पदाधिकारीको फर्म पनि धमाधम वितरण भइरहेको छ । मनोनयन दर्ता भने साढे ६ बजेदेखि शुरु हुने कार्यक्रम छ ।
उम्मेदवारी दर्ताका लागि खटिएका कर्मचारीहरूले दर्ता शुल्कका लागि नगद नै ल्याउन आग्रह गरिरहेका छन् । केही उम्मेदवारहरूले डिजिटल भुक्तानी गर्न चाहे पनि कर्मचारीहरूले क्युआर नचल्ने, नगदै चाहिने भनेर फर्काइरहेका छन् ।













प्रतिक्रिया