अर्थसंक्षेप : नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो, चितवन र मकवानपुरका ५२ प्रतिशत उद्योगको व्यापार घट्यो र शेयर कारोबार ७ अर्बनजिक « Khabarhub

अर्थसंक्षेप : नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो, चितवन र मकवानपुरका ५२ प्रतिशत उद्योगको व्यापार घट्यो र शेयर कारोबार ७ अर्बनजिक


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनले ५२.७ प्रतिशत उद्योगको व्यावसायिक कार्यसम्पादन खस्कँदै गएको देखाएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु, साना तथा मझौला उद्यमहरू चितवन र मकवानपुर जिल्लामा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले गरेको एक विशेष अध्ययन अनुसार सर्वेक्षण गरिएका ३२१ उद्योगमध्ये ५२.७ प्रतिशतको कारोबारमा गिरावट आएको छ ।

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष ०८१-८२ को आफ्नो १४औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि चालिएका कदमहरूमा उल्लेख्य प्रगति देखिएको छ ।

समीक्षा अवधिमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार रिपोर्ट र शङ्कास्पद गतिविधि रिपोर्टको सङ्ख्यामा ३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा ७ हजार ३३८ वटा यस्ता रिपोर्ट प्राप्त भएकोमा यस वर्ष यो संख्या बढेर ९ हजार ५६५ पुगेको छ । रिपोर्टिङमा भएको यो वृद्धिले वित्तीय क्षेत्रमा सतर्कता बढेको र अनुगमन प्रणाली प्रभावकारी हुँदै गएको संकेत गर्दछ ।

वित्तीय जानकारी इकाईले सबै शंकास्पद कारोबारको रिपोर्टिङलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । प्रतिवेदन अनुसार गोएमएल प्रणालीमा आबद्ध हुने सूचक संस्थाहरूको संख्या ११३.३६ प्रतिशतले वृद्धि भई ३ हजार ४९७ पुगेको छ । विशेष गरी सहकारी, बहुमूल्य धातु व्यापारी र रेमिट्यान्स कम्पनीहरूलाई यो प्रणालीमा आबद्ध गराउने कार्यमा ठूलो सफलता मिलेको तथ्यांकमा उल्लेख छ ।

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : ४९ बजे

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी