पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद « Khabarhub

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर छलफल भइरहेको छ ।

पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरूप वार्ता भइरहेको नेताहरूले जनाएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस नेता एनपी साउदले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए ।

छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए । उनले केही विषयमा दुवै पक्ष सहमति नजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे । नेता साउदले विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुराएर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए  । 

उनले कांग्रेसको प्रजातान्त्रिक संस्कृति अनुसार नै अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २६ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको