पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद « Khabarhub

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर छलफल भइरहेको छ ।

पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरूप वार्ता भइरहेको नेताहरूले जनाएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस नेता एनपी साउदले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए ।

छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए । उनले केही विषयमा दुवै पक्ष सहमति नजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे । नेता साउदले विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुराएर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए  । 

उनले कांग्रेसको प्रजातान्त्रिक संस्कृति अनुसार नै अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २६ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४