एक सय १६ कैदीबन्दी फर्कन बाँकी « Khabarhub

एक सय १६ कैदीबन्दी फर्कन बाँकी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन् ।

यस कारागारबाट भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६२७ जना फर्किएका छन् । सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ ।

सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागूऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीका समेत रहेका छन् ।

कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । 

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए।
 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : ११ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा