संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’ « Khabarhub

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले पनि कुनै परिणाम नआएको स्वीकार गरेका छन् । घिमिरेले वार्ता प्रक्रिया चलिरहेकाले आज रातभरिमा एउटा सहमतिको विन्दु पत्ता लाग्ने दाबी गरेका छन् ।

नेता घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले अहिले पनि मिलनविन्दु खोजिरहेको दाबी गरे ।

‘वार्ता सकारात्मक भइरहेको छ, उताको निर्वाचन कार्यतालिका सारिएको छ आज रातभरिसम्ममा मध्यविन्दु पत्ता लाग्ला । रातभरिमा सहमति टुङ्गिन्छ । अहिले पनि त्रिपक्षीय वार्ता भइरहेको छ । कांग्रेस नफुट्ने गरी यो विषयले कुनै आकार प्रदान गर्छ ।’ घिमिरेले भने, ‘विशेष महाधिवेशन पक्षधरबाट कुनै निर्णय नआएपछि बैठक अगाडि बढ्न नसकेको हो । उताबाट केही निर्णय आउनासाथ हामी बैठक बस्छौँ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २५ बजे

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य