संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’ « Khabarhub

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले पनि कुनै परिणाम नआएको स्वीकार गरेका छन् । घिमिरेले वार्ता प्रक्रिया चलिरहेकाले आज रातभरिमा एउटा सहमतिको विन्दु पत्ता लाग्ने दाबी गरेका छन् ।

नेता घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले अहिले पनि मिलनविन्दु खोजिरहेको दाबी गरे ।

‘वार्ता सकारात्मक भइरहेको छ, उताको निर्वाचन कार्यतालिका सारिएको छ आज रातभरिसम्ममा मध्यविन्दु पत्ता लाग्ला । रातभरिमा सहमति टुङ्गिन्छ । अहिले पनि त्रिपक्षीय वार्ता भइरहेको छ । कांग्रेस नफुट्ने गरी यो विषयले कुनै आकार प्रदान गर्छ ।’ घिमिरेले भने, ‘विशेष महाधिवेशन पक्षधरबाट कुनै निर्णय नआएपछि बैठक अगाडि बढ्न नसकेको हो । उताबाट केही निर्णय आउनासाथ हामी बैठक बस्छौँ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २५ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ