तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै « Khabarhub

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन उभिँदा वार्ताले मूर्त रूप लिन सकेको छैन । संस्थापन इतर पक्षका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू तत्काल नेतृत्व फेरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।

तर संस्थापन पक्ष शेरबहादुर देउवानिकट नेताहरू भने अहिले नै नेतृत्व परिवर्तन गरिहाल्ने मनसायमा नहुँदा कुरा अड्किएको छ । वार्तामा सहभागी नेताहरूले दिएको सूचनाअनुसार अन्य कुराहरूमा संस्थापन पक्ष लचिलो हुँदा नेतृत्व फेरेर जाने पक्षमा भने लचिलो भएको छैन ।

यता संस्थापन पक्ष देउवानिकट नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पूरा जिम्मेवारी दिएर सभापति दिने विषयमा पनि तयार नहुँदा कुरा मिल्न नसकेको हो ।

बैठकमा सहभागी संस्थापन पक्षका नेता भने रातभरमा कुरो मिल्ने दाबी गर्छन् । यसअघि संस्थापन पक्षका नेता श्याम घिमिरेले पनि रातभरिसम्ममा वार्ता सकारात्मक भएर कुरा मिल्ने जानकारी दिएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : ५० बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी