सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी « Khabarhub

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन् ।

आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुन लागेको जानकारी गराउँदै निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा आफूले तीन वर्षको अवधिमा सम्पन्न गरेका विकासका कामबारे विवरण सार्वजनिक गरेका हुन् । 

उनका अनुसार संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरिएको छ ।

सभामुख घिमिरेले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गरेको स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको बताए । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।

‘तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब पाँच अर्ब बराबरको बजेट व्यवस्थापन गरिएको छ”, सभामुख घिमिरेले भने, “यसले यहाँको दीर्घकालीन विकासका लागि बलियो आधार तयार गरेको छ ।’

सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गरिएको दाबी गरे।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहल र सहयोगका कारण बिर्तामोड नगर क्षेत्रमा उल्लेखनीय विकास सम्भव भएको बताए। उनले सडक विस्तार, खानेपानी सुधार तथा अन्य भौतिक पूर्वाधार विकासका लागि केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक, अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन, बुद्धशान्तिका नगरप्रमुख मनोज प्रसाईं, संविधानसभा सदस्य प्रेम गिरीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ०४ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई