जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै « Khabarhub

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ ।

गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो । यसमा ‘अडी जीरो एल ६ ई–ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन् ।

भोल्सवागनले निर्यात पनि सुरु गरेको छ । पहिलो सवारीसाधन मध्यपूर्वमा पठाइएको थियो । कम्पनीले आगामी दिनमा एसियाली राष्ट्र, मध्यपूर्व, मध्य एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा निर्यात बढाउने योजना बनाएको छ ।

सन् २०२६ मा चीनमा २० भन्दा बढी पूर्ण विद्युतीय, प्लग–इन हाइब्रिड र रेंज–एक्सटेन्डेड मोडेलहरू ल्याइनेछन् । यी सवारीसाधन नयाँ ब्याट्री, विद्युतीकरण प्रविधि, स्मार्ट प्रणाली र चालक सहायता प्रविधि सहित उपलब्ध हुनेछन् ।
 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : २१ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई