चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला « Khabarhub

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला आयोजना हुने भएको छ । 

मेला प्रचारप्रसार समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रोडक्ट्स नेपालले संयुक्त रूपमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । 

मेलाका प्रचारप्रसार समिति संयोजक रामबहादुर चौहानले ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ माघे सङ्क्रान्तिका दिन भृकुटीमण्डपस्थित बगैँचा परिसरमा मेला सञ्चालन हुने जानकारी दिए । 

कृषि जैविक विविधताको महत्त्व, संरक्षण र दिगो उपयोगमा जनचेतना फैलाउने र विशेष गरी युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए। 

मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना र प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन, परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत र कविता प्रस्तुति र रैथाने स्वाद, संस्कृति तथा ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी एवं परामर्श पनि प्रदान गरिने जानकारी दिइयो । 

यसैगरी पुरानो रैथाने ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै कृषिमा युवाको आकर्षण बढाउने, रैथाने उत्पादनको व्यवसायीकरण गरी खाद्य सुरक्षा र स्वस्थ जीवनका लागि ‘आफ्नै माटोको उत्पादन’ उपभोग गर्न नेपालीहरूलाई प्रोत्साहित गर्न मेलाले टेवा पुग्ने विश्वास गरिएको छ । 

मेलाबाट कृषि जैविक विविधता र रैथाने बीउबिजन संरक्षण तथा व्यवसायीकरणमा सहभागीहरूको प्रतिबद्धता समेटेर घोषणापत्र पनि जारी गरिने प्रचारप्रसार संयोजक चौहानले बताए। 

नेपाल सरकारले हरेक वर्ष माघ १ गते ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ मनाउँदै आएको छ । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ४८ बजे

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य