मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल « Khabarhub

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताएका छन् । आज यहाँ ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताए ।

मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गरेका छन् । “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी नेपाली नागरिक भएर राम्रो नेता र नेतृत्व चयन गरौँ । कसैले विवेकको आत्मसमर्पण नगराउ । नेपालले परिवर्तन खाजेको छ र नेपाल परिवर्तन हुँदैछ, त्यसमा सबैले योगदान गरौँ”, उनले भने ।

मन्त्री खरेलले युवाहरूले नै देशको परिवर्तन गर्ने भन्दै अब कुनै पनि राजनीतिक दलले युवालाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था नरहेको बताए । उनले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्ने जोड दिँदै राजनीतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे पनि काम गर्न भने नसकेको बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन सेवामा सकारात्मक योगदान पुग्ने बताए । उनले नेपालको पर्यटन सम्भावना ‘इबुकिङनेपाल डटकम’ ले उजागरण गर्ने विश्वास व्यक्त गरे ।

इबुकिङनेपाल डटकम प्रालिका सञ्चालक विश्वेश्वर रेग्मीले नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने ‘इबुकिङनेपाल डटकम’ सञ्चालन ल्याएको जानकारी दिए । प्रालिका अध्यक्ष डा भूपालमान श्रेष्ठले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवालाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ५९ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता