आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १ गते शुक्रबार फागुन कृष्ण पक्षको एकादशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १३ तारिख । कुम्भ संक्रान्ति, विजया एकादशी व्रत, विश्व रेडियो दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज तपाईंको मन शान्त बन्नेछ । सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ । टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दैनिक काममा सहजता मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ ।

मिथुन : आज शुभ दिन रहेको छ । नयाँ कामको थालनी गर्दा उपयुक्त हुने देखिन्छ । बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

कर्कट : तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन् । आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ । डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग  छ ।

सिंह : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ । लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कन्या : मनमा खुशी मिल्नेछ । उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

तुला : साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा लाभ हुने योग छ । दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ । शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ ।

वृश्चिक : कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ । सानो प्रयासले सोचेको काम बन्नेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ ।

धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ । आध्यात्मिक अभियन्तासँगको भेटले मनमा हौसला बढ्नेछ । आज बोलेका कुराले दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ । घर व्यवहारमा मिहिनेतको खाँचो देखिन्छ ।

मकर : आज जोगिएर काम गर्नुपर्ने दिन रहेको छ । आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ । स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा मन जानेछ । भ्रमण गर्दैै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ ।

कुम्भ : साहसिक काम गर्ने समय आएको छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मीन : शत्रु बढ्नेछन् । सन्तानको प्रगति देखेर मन खुशी हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । मिहिनेतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ५ : १७ बजे

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की– पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

पश्चिमी वायुको सामान्य प्रभाव, मुख्यतया मौसम सफा

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने