सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड « Khabarhub

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव बस्नेतले मन्त्रालयअन्तर्गतका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउन सक्नेगरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।

सचिव बस्नेतले अन्तरनिकायको प्रभावकारी समन्वयका साथ सेवा प्रभावलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिए। उनले बेरुजु फछ्र्योटमा ध्यान दिन पनि आग्रह गरे। 

सचिव बस्नेतले भने, ‘मन्त्रालय र अन्तर्गतका निकायको बेरुजु फछ्र्योटका लागि ध्यान दिन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यसका लागि मन्त्रालयले कार्ययोजना बनाएर नियमित अनुगमनका साथ समन्वय र सहजीकरण गर्नेछ ।’

मन्त्रालयअन्तर्गतका निकायमा बजेट अभाव, समन्वय कमी, प्रक्रियागत झन्झट आदिले नतिजामुखी हुन नसकेको सचिव बस्नेतको भनाइ छ । उनले कार्यान्वयनयोग्य योजनाको प्राथमिकीरण गर्न तथा योजना बैंकमा समावेश गर्नुपर्ने योजनाहरूलाई समयमै मन्त्रालयमा उपलब्ध गराउन समेत आग्रह गरे।

राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले राससको चालु आवको कार्यक्रम सन्तोषजनक रहेको बताए। अस्थायी तथा करार सेवामा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको, संस्थागत संरचना र नीतिगत सुधारका काम गरिएको भन्दै मन्त्रालयमातहतका अन्तरनिकायको बलियो समन्वय जरुरी रहेको उल्लेख गरे।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको मर्म र भावनाअनुरूप स्रोतसाधनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका उपसचिव कमला खरेलले राजस्वभन्दा दायित्व बढिरहेको सन्दर्भमा चालु खर्च घटाइ मितव्ययिता अपनाउनुपर्नेमा जोड दिए ।

सञ्चारसम्बद्ध निकायका प्रमुख एवं प्रतिनिधिहरूले आआफ्नो कार्यालयले गरेको कार्यसम्पादन, चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै अन्तरमन्त्रालय समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । मन्त्रालयहरूबीच समन्वय हुन नसक्दा कार्यसम्पादन प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ थियो ।

रासस, पिएसबी नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड, चलचित्र विकास बोर्ड, हुलाक सेवा विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, सूचना तथा प्रसारण विभाग, सुरक्षण मुद्रण केन्द्रलगायत निकायले कार्यप्रगति प्रस्तुत गर्दै स्रोतसाधन र समन्वय भएको कार्यप्रगतिले गति लिने विश्वास व्यक्त गरे ।

मन्त्रालयका अनुसार चालु आवको दोस्रो त्रैमासिक समीक्षा अवधिमा मन्त्रालयअन्तर्गतका १९ निकायमध्ये आठवटा निकायको ३० प्रतिशतभन्दा माथि प्रगति भएको छ । तीनवटा निकायको ४० प्रतिशत, एउटामात्रै निकायको ७० प्रतिशत वित्तीय प्रगति भएको छ भने दुईवटा निकायको १० प्रतिशतभन्दा कम प्रगति भएको देखिएको छ । 

चालु आवको अर्धवार्षिक अवधिमा मन्त्रालय र मातहतका निकायको विनियोजित बजेटमा चालुतर्फ ८७.९३ प्रतिशत र पुँजीगततर्फ १५.८३ प्रतिशतमात्र खर्च भएको छ ।
 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ५१ बजे

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो

बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी 

ढाका– बंगलादेशको १३औं राष्ट्रिय संसदीय निर्वाचनमा बीएनपीका अध्यक्ष तारिक रहमान

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै