बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का « Khabarhub

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो आमनिर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार भएको मतदानको नतिजा अनुसार बीएनपीले एकल सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको दाबी गरेको छ।

३ सय सदस्यीय संसदमा सरकार बनाउन कम्तीमा १५१ सिट आवश्यक पर्छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार बीएनपीले यो बहुमतको आँकडा पार गरिसकेको छ। अहिले उसले २०३ सीट जितिसकेको छ।

बीएनपीको तर्फबाट ६० वर्षीय तारिक रहमान प्रधानमन्त्रीका उम्मेदवार हुन्। उनी १७ वर्षको लण्डन निर्वासनपछि गत डिसेम्बरमा मात्र बंगलादेश फर्किएका थिए। उनी दिवंगत पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् । खालिदाको गत डिसेम्बरमा निधन भएको थियो।

कट्टरपन्थी धार्मिक दल जमात-ए-इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले कम्तीमा ६० सिट प्राप्त गरेको छ।

जमात-ए-इस्लामीका प्रमुख सफिकुर रहमान ढाकाबाट निर्वाचित भएका छन् र उनी संसदमा विपक्षी दलको नेता बन्ने सम्भावना छ।

विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूद्वारा स्थापित नेशनल सिटिजन पार्टीका प्रमुख नाहिद इस्लाम र अन्य तीन शीर्ष नेताहरूले पनि निर्वाचनमा जित हासिल गरेका छन्।

बीएनपीको जितसँगै विभिन्न देशका प्रमुखहरूले तारिक रहमानलाई बधाई दिएका छन् । बंगलादेशका लागि अमेरिकी राजदूत ब्रेन्ट टी. क्रिस्टेन्सनले यसलाई ऐतिहासिक विजय भन्दै सहकार्यका लागि तत्पर रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रहमानको नेतृत्वमा बंगलादेशी जनताले देखाएको विश्वासको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति आसिफ अली जरदारीले पनि लोकतान्त्रिक साझेदारी र साझा प्रगतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

यो निर्वाचन सन् २०२४ को जुलाईमा भएको रक्तपातपूर्ण विद्यार्थी विद्रोहपछि शेख हसिना सत्ताच्युत भएर भारत पलायन भएपछिको पहिलो निर्वाचन हो।

मतदानका दिन कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्वाचनसँगै देशमा राजनीतिक सुधारका लागि जनमत संग्रह पनि गरिएको थियो, जसमा प्रधानमन्त्रीको कार्यकालको सीमा तोक्ने र कार्यकारी शक्तिमाथि थप नियन्त्रण राख्ने जस्ता विषयहरू समावेश थिए।

बीएनपीले विगत १५ वर्षदेखि विपक्षीको भूमिकामा रहँदै धेरै निर्वाचनहरू बहिष्कार गरेको थियो। नवनिर्वाचित नेता तारिक रहमानले आफ्ना समर्थकहरूलाई विजय जुलुस ननिकाल्न र शान्तिपूर्ण रूपमा विशेष प्रार्थना गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ५७ बजे

बङ्गलादेश : जनमतसङ्ग्रहमा सुधारको पक्षमा बहुमत

ढाका- बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.५ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा

जसपा नेपालको घोषणापत्र : ५ वर्षमा ५० लाखलाई रोजगारी, नगदरहित अर्थतन्त्र बनाउने योजना

काठमाडौं– उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आगामी

पेस्तोलसहित पक्राउ

काठमाडौं- चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट एक थान पेस्तोल र त्यसको चार

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा

धनकौल (सर्लाही)- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा