निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो « Khabarhub

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती दुई सातामा ८ करोड ७२ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्देशक चन्द्र पन्तले दाबी गरेका छन् ।

माघ १६ देखि २९ दिनसम्म फिल्मले उक्त ग्रस कलेक्सन गरेको पन्तको दाबी हो । उनले भने, ‘दर्शकको माया अत्यधिक पाइरहेका छौँ। देशभरका अधिकांश हलमा दर्शकको साथ छ। व्यापारअझै बढ्दैछ। भोली शनिबार अझै दर्शक बढ्ने देखिन्छ।’

पन्तका अनुसार घरेलु बजारमा यो फिल्मले ६ करोड ६ लाख ग्रस कलेक्सन गरेको छ । विदेशी बजारमा १ करोड ६६ लाख ग्रस कलेक्सन कटाएको छ ।

फिल्म शुक्रबारबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

कात्तिक यता लगातर नेपाली फिल्महरुको व्यापार कमजोर रहेको अवस्थामा ‘आबाट आमा’ बक्सअफिसमा बलियो देखिएको छ ।

पछिल्लो समय प्रदर्शनमा आएको हिट फिल्म ‘परान’ हो । त्यसता कुनै पनि फिल्म हिट बन्न सकेका थिएनन् ।

लगातार फिल्महरु फ्लप भएपछि बक्स अफिस चिसिएको चर्चा चलिरहेको छ । यो अवस्थामा ‘आबाट आमा’ भने केही हदसम्म दर्शकलाई हलसम्म तान्न सफल भएको छ ।

आर्या इन्टरटेन्मेन्टको व्यानरमा बनेको यो फिल्मको कथा र पटकथा निर्देशक पन्तकै हो ।

फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : २८ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)