निर्वाचनमा सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षकको निर्देशन « Khabarhub

निर्वाचनमा सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षकको निर्देशन


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् । 

‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गरे । 

‘निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखी भरपर्दो सुरक्षा संयन्त्र परिचालित हुनुस्’, महानिरीक्षक कार्कीले भने ।

उनले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्नेमा जोड दिए । 

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तुसम्बन्धी जानकारी लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 
 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ४९ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले