सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य « Khabarhub

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको हङकङले पूरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा२६१ रन बनाएको हो ।

लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र शेर मल्लले राम्रो बलिङ गरे पनि हङकङले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको हो ।

हङकङका लागि बाबर हायतले शतक बनाए । १२६ बलको सामना गर्दा समान सात–सात चौका र छक्का प्रहार गरेका उनले नटआउट ११७ रनको उत्कृष्ट इनिङ खेलेका हुन् । त्यसैगरी शहिद वासिफले ४५ रन जोड्दा एहसान खानले आठौ विकेटका लागि बाबरसँग १२८ रनको उत्कृष्ट साझेदारी गर्दै ३५ रन थपे । यी दुई ब्याट्सम्यानले साझेदारी तोड्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । अन्तिम ओभरमा मात्र नेपाली बलर गुल्सन झाविरुद्ध बाबरले दुई चाैका र तीन छक्का प्रहार गरे।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा ४४ रन दिएर उनले ४ विकेट हात पारेका हुन् । समान १० ओभर बलिङ गरेका शेर मल्लले २७ रन खर्चिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका दिपेन्द्रसिंह ऐरीले एक मेडन राख्दा बिना विकेट ३६ रन खर्चिए भने समान ओभर बलिङ गरेका ललितनारायणा रााजवंशीले दुई मेडन रााख्दै बिना विकेट ४७ रन खर्चिए ।

नेपालका लागि करण केसी र गुल्सन झा महंगा सावित भए । सात ओभर बलिङ गर्दा करणले बिना विकेट ६२ रन दिँदा गुल्सनले तीन ओभर बलिङ गर्दा ४० रन खर्चिए । नेपालले केही बेरमा हङकङले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ ।

आइतबारदेखि मलेसियामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा बहराइनलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

तीन खेलमा विजयी भएको नेपाल समूह ‘ए’को नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्‍याउने सोचमा छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : ३९ बजे

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका