प्रधानमन्त्रीसँग सुरक्षा अधिकारीले भने : हिमपात भए चुनाव गराउन मुस्किल पर्छ, मतपेटिका ओसार्न हेलिकप्टर चाहिन्छ « Khabarhub

प्रधानमन्त्रीसँग सुरक्षा अधिकारीले भने : हिमपात भए चुनाव गराउन मुस्किल पर्छ, मतपेटिका ओसार्न हेलिकप्टर चाहिन्छ


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी प्रतिनिधि सभाको निर्वाचन तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा अन्तरक्रिया गरेकी छन् ।

स्थानीय बासिन्दा र सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुअघि उनले बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन पनि गरिन् ।

‘म यहाँ चुनाव सफल होस् भन्न आएकी हुँ। तपाईंहरू सबै जना मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला’, उनले भनिन्, ‘यसपाली को चुनाव अरू नियमितजस्तो सामान्य होइन। यो विशेष अवस्थामा हुन लागेको छ। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो।’

पाथीभराबाट शुक्रबार नै प्रधानमन्त्री कार्की ताप्लेजुङ सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरूसँग पनि उनले अन्तरक्रिया गरिन् ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षाबारे जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ।

यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्र रहेका छन्। अहिलेसम्म मौसम सामान्य रहेकाले खासै प्रतिकूलता नदेखिएको उनले बताए ।

तर चुनावको दिन आसपासमा हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुन सक्ने उनले बताए । सेढाईंले मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि प्रधानमन्त्रीलाई आग्रह गरे ।

अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण सहज ढंगले निर्वाचन सकिनेमा आफूहरू ढुक्क रहेको पनि उनले बताए ।

छलफलमा प्रधानमन्त्री कार्कीले यो निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिइन् ।

‘तपाईंहरूले निर्वाचनका लागि गर्नुभएको प्रयास सह्राहनीय छ। तपाईंहरू यसरी खटेको देखेर मेरो आत्मविश्वास अझै बढेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो चुनाव मुलुकलाई एउटा नयाँ चरणमा रुपान्तरण गर्ने महत्त्वपूर्ण कोशेढुंगा हो। राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यही प्रकारको गम्भीरता र जिम्मेवारीबोध हामी सबैमा हुनु जरुरी छ।’

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ३० बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको