ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ « Khabarhub

ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छन् । 

शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभई देशको भविष्य कोर्ने निर्वाचन भएकाले सबै मिलेर आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन समेत दिइन् ।

आगामी  निर्वाचनले राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यही प्रकारको गम्भीरता र जिम्मेवारीबोध सवैमा हुनुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीका लागि आफूले हिमालीदेखि सबै क्षेत्रको जानकारी लिएकाले तोकिएको समयमा शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा सरकार ढुक्क रहेको बताइन्

सो क्रममा ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, सुरक्षा अधिकारीलगाएतले निर्वाचन तयारी र सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी सेढाईँका अनुसार, ९० हजार ३२७ मतदाता र एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २ अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ । यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ५० बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत