राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस « Khabarhub

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उक्त प्रतिवेदन पेस गरेका हुन् । 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गरिन् । 

बैठकको अध्यक्षता गरेकी राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइन् । 

राष्ट्रियसभाको १९ औँ अधिवेशन अन्त्य 

राष्ट्रियसभाको १९औँ अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (३) बमोजिम मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसबमोजिम आज राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नु भएको हो । 

राष्ट्रियसभा अध्यक्ष दाहालले आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए।  

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : ४९ बजे

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण

‘जनताले खबरदारी गर्न छोडेका दिन नयाँ दल पनि बिग्रिन्छन्’

नेपालमा राजनीतिक उथलपुथल गर्दै २०८२ बितेको छ। वर्ष २०८२ ले

आगामी बजेटमा दलित महिला तथा सीमान्तकृत बालबालिकाका मुद्दा समेट्न माग

काठमाडौं– दलित महिला सङ्घ (फेडो) ले आगामी आर्थिक वर्ष २०८२/८३