बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने « Khabarhub

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६औँ संस्करण उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि आज धरान रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली सशक्त रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ।

प्लानिङ ब्वाइजका प्रशिक्षक सन्दित सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाए पनि ऐतिहासिक जित हासिल गर्ने लक्ष्यका साथ टोली फाइनलमा उत्रिने बताए । गत वर्षको संस्करणमा चर्च ब्वाइज उपविजेता बनेको थियो भने प्लानिङ ब्वाइजले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतियोगिताका विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : ५३ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा