बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने « Khabarhub

बुढासुब्बा गोल्डकप : शनिबार फाइनल खेल हुने


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धरान – धरानमा गत माघ २२ गतेदेखि जारी अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६औँ संस्करण उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि आज धरान रङ्गशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टोली सशक्त रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे ।

प्लानिङ ब्वाइजका प्रशिक्षक सन्दित सिंहले बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाए पनि ऐतिहासिक जित हासिल गर्ने लक्ष्यका साथ टोली फाइनलमा उत्रिने बताए । गत वर्षको संस्करणमा चर्च ब्वाइज उपविजेता बनेको थियो भने प्लानिङ ब्वाइजले यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो ।

प्रतियोगिताका विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

त्यसैगरी खेलको ‘म्यान अफ दी म्याच’ लाई रु १० हजार प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल