निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन « Khabarhub

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन’ सो भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : ४८ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी