यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू « Khabarhub

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुक्रबार राती भिडियो सन्देश जारी गर्दै उनले सार्वजनिक यातायात सुधारका लागि एकीकृत प्राधिकरणको अवधारणा पेश गरेका छन् ।

सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

सार्वजनिक यातायातबाट जनता जति पीडित छन्, त्यो अनुसारको प्राथमिकता र संवेदनशीलता नदेखिएको अनुभूति थापाले व्यक्त गरेका छन् ।

कांग्रेस सभापति थापाले सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले त्यसका लागि आफूहरूले ठोस तयारी गरिरहेको बताए ।

उनले भने,’घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था । यसको अर्थ हो हाम्रो हाम्रो सार्वजनिक यातायातमा व्यापक सुधारको आवश्यकता छ।”

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : २३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको