इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका « Khabarhub

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

दिइयो ३० दिनको छुट, कच्चा तेल २०० डलर पुग्न सक्ने चेतावनी


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रतिव्यारेलभन्दा माथि पुगेको छ।

मूल्य नियन्त्रण गर्न अमेरिकी प्रशासनले अन्य देशलाई पनि अस्थायी रूपमा रूसबाट तेल किन्न अनुमति दिएको छ। अहिले रूसका धेरै तेल ट्यांकर समुद्रमा रोकिएर बसेका छन्।

यसअघि अमेरिकाले भारतलाई पनि रूसबाट कच्चा तेल खरिद गर्न प्रतिबन्धमा केही लचकता दिने संकेत गरेको थियो। तर भारतीय अधिकारीहरूले भारत तेल खरिदका लागि कुनै देशको अनुमति आवश्यक नपर्ने बताएका छन्।

समुद्रमा अड्किएका ट्यांकरको तेल किन्न पाइने

अमेरिकी ट्रेजरी विभागले बिहीबार विशेष लाइसेन्स जारी गरेको छ। यसअनुसार १२ मार्च राति १२:०१ बजेसम्म जहाजमा लोड भइसकेका रुसी कच्चा तेल तथा पेट्रोलियम पदार्थको डेलिभरी र बिक्री गर्न अनुमति दिइएको छ।

यो छुट ११ अप्रिलसम्म मात्र लागू हुनेछ। अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टका अनुसार यसको उद्देश्य विश्व बजारमा तेल आपूर्ति बढाएर बढ्दो मूल्य नियन्त्रण गर्नु हो।

हाल रूसबाट कच्चा तेल बोकेका कार्गो जहाजहरू एशियाली देशहरूको आसपास समुद्रमा प्रतीक्षामा रहेका छन्।

अमेरिका भन्छ : रूसलाई धेरै फाइदा हुँदैन

ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व ऊर्जा बजारमा स्थिरता ल्याउन चाहन्छन्।’

उनले यो छोटो अवधिको निर्णय मात्र हो र यसबाट रूसलाई ठूलो आर्थिक लाभ नहुने दाबी गरेका छन् ।।

उनका अनुसार रूसको आम्दानीको ठूलो हिस्सा तेल उत्पादनका क्रममा लाग्ने करबाट आउने भएकाले यो छुटले ठूलो असर पार्दैन । अनुमति पहिले नै ट्रान्जिटमा रहेका तेलका लागि मात्र यो सुविधा दिइएको हो।

अमेरिकाले निर्णय किन बदल्यो?

१. होर्मुज जलमार्गमा आपूर्ति अवरुद्ध
इरान र अमेरिका–इजरायलबीचको तनावका कारण विश्वको महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ होर्मुज’बाट आपूर्ति प्रभावित भएको छ। विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुन्छ।

२. कच्चा तेल २०० डलर पुग्ने चेतावनी
पछिल्ला दिनमा ब्रेन्ट क्रूडको मूल्य १२० डलर प्रतिव्यारेल नजिक पुगेको थियो। इरानले भने मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ। यस्तो अवस्थामा रुसी तेल बजारमा आएपछि आपूर्ति बढेर मूल्य घट्न सक्ने अपेक्षा गरिएको छ।

३. ऊर्जा आपूर्तिमा अस्थिरता
मध्यपूर्वमा ऊर्जा संरचना र आपूर्तिमा भएका हमलाका कारण बजारमा अस्थिरता बढेको छ। त्यसपछि तेलको मूल्य ९ प्रतिशतभन्दा बढी बढेर १०० डलर प्रतिव्यारेल पार पुगेको छ।

२०२२ मा रूसको तेलमाथि प्रतिबन्ध

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र युरोपेली देशहरूले रूसको युद्ध खर्च रोक्न रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका थिए।

१६७ किलोमिटर लामो होर्मुज जलमार्ग

‘स्ट्रेट अफ होर्मुज’ करिब १६७ किलोमिटर लामो जलमार्ग हो, जसले फारसको खाडीलाई अरब सागरसँग जोड्छ। अहिले जोखिमका कारण धेरै तेल ट्यांकर त्यहाँबाट गुज्रिन सकेका छैनन्।

साउदी अरब, इराक र कुवेतजस्ता देशहरू पनि तेल निर्यातका लागि यही मार्गमा निर्भर छन्। भारतले आफ्नो आवश्यकता अनुसार करिब ५० प्रतिशत कच्चा तेल र ५४ प्रतिशत एलएनजी यही मार्गबाट आयात गर्ने गरेको छ। इरानले पनि आफ्नो तेल यही मार्गबाट निर्यात गर्छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : ३९ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष