निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी « Khabarhub

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएसँगै बिदाइ हुँदै गर्दा उनीहरुमा खुसी छाएको थियो । 

निर्वाचनको समयमा भरतपुर महानगरपालिका–२९ मा खटिएकी लक्ष्मी भण्डारी बिदाइ हुँदै गर्दा रमाइलो महसुस गर्दै थिइन् । विगत ४० दिन निर्वाचनका लागि राज्यले खटाएको ठाउँमा गएर सेवा गर्ने अवसर पाएको बताउँदै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न पाउनु खुसीको कुरा भएको बताइन् । 

राज्यको सेवा गर्ने अवसरले नेपालका सुरक्षा निकायले कति मेहनतका साथ काम गर्ने रहेछन् भन्ने कुरा स्पष्ट सँग बुझ्ने अवसर पाएको भण्डारीले बताइन् । आफूले निर्वाचनमा खटिँदा राज्यबाट पाएको सेवासुविधा छोराछोरीको अध्ययनमा खर्च गर्ने सोचमा उनी छिन्। 

यस्तै निर्वाचन शान्तिपूर्ण भएको भन्दै रेनुका पौडेल खुसी छिन् । उनी कक्षा १२ को अध्ययनपछि कोरिया, न्युजिल्यान्डलगायतका देशमा गएर काम गरे पनि नेपालमा जनताको र राज्यको पहिलोपटक सेवा गर्ने अवसर पाएको बताउछिन् । उनले भनिन्, ‘सुरुमा त मैले काम गर्न सक्दिनँ कि भन्ने लागेको थियो । पछि बानी पर्‍यो ।’

जब आफूले काम गर्दै जाँदा प्रहरीले कसरी काम गर्ने रहेछन्, बर्दी लगाई सकेपछि के सोच आउने रहेछ भन्ने ज्ञान भएको पौडेलले बताइन् । साँच्चिकै देशको सेवक भएर काम गरेको अनुभूति भएको उनले सुनाइन् । पौडेलले भनिन्, ‘४० दिनको कामले म सन्तुष्ट छु । यहाँ सेवा गर्दा आएको पैसाले स्नातक अध्ययन गर्ने योजना छ ।’

इलाका प्रहरी कार्यालय रत्ननगरअन्तर्गत रही निर्वाचनमा सहभागी भएकी सुनिता प्रजा बस्नेत प्रहरीमा सहभागी भएर निर्वाचन सम्पन्न भएकामा निकै खुसी छिन् ।

नजानेका कुराहरू जान्ने अवसर पाएको बताउँदै उनले अब राज्यले दिएको जिम्मेवारी पूरा गर्न सक्ने भएछु भन्ने लागेको बताइन् । बस्नेतले निर्वाचन प्रहरीमा खटिएर पाएको सुविधालाई व्यवसायमा प्रयोग गर्ने आफ्नो इच्छा रहेको बताइन् । उनले कुखुरा पालन गरेर घर खर्चको व्यवस्थापन गर्ने इच्छा रहेको बताइन् ।

इलाका प्रहरी कार्यालय खैरहनी मातहतमा रहेर निर्वाचनमा खटिएका सङ्कल्प केसी निर्वाचन शान्तिपूर्ण रुपमा गर्ने जिम्मेवारी निर्वाचन प्रहरीमार्फत पाएको भन्दै आफूमा उत्साह बढेको बताए । उनले भने, ‘निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकामा निकै खुसी छु ।’ राज्यले आवश्यक ठानेर अन्य समयमा समेत जिम्मेवारी दिएमा आफू जिम्मेवारी सम्हाल्न तयार रहेको केसीको भनाइ छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जसमध्ये नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरीतर्फ ३२५ निर्वाचन प्रहरी रहेका थिए । उनीहरूलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचन प्रहरीको भविष्य उज्ज्वल बनाउन सिटिइभिटी र  घरेलु कार्यालयसँग सहकार्य गरेर दुई चरणमा व्यावसायिक काम सिकाउन सरकारले पहल गर्ने बताए । सिटिइभिटीबाट एक वर्षमा एक हजार २०० जनाका दरले तालिमको व्यवस्था गरिएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ३४ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध