उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष « Khabarhub

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता कायम गर्न नसकेको जनाएको छ ।  

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उम्मेदवारहरूले प्रत्यक्षतर्फ कानुनले तोकेको सीमा भन्दा बढी खर्च गरेको र खर्चमा पारदर्शिता समेत कायम गर्न नसकेको उल्लेख छ ।

प्रत्यक्षतर्फका उम्मेदवारका लागि कानुनी सीमा २५ देखि ३० लाख सम्म तोकिएको छ । तर उच्च प्रोफाइल निर्वाचन क्षेत्रमा वास्तविक खर्च त्यसको धेरै गुणा बढी हुने तथ्यगत प्रमाण संकलन गरिएको नियोकका अध्यक्ष डा गोपालकृष्ण सिवाकोटीले बताए  ।

सामाजिक सञ्जाल व्यवस्थापनमा भएको खर्च पूर्ण रुपमा हिसाबकिताब बाहिर देखिएको उनको भनाइ छ । उनले निर्वाचनका क्रममा केन्द्र र जिल्लास्तरीय अनुगमन समितिहरुमा १५ सय भन्दा बढी उजुरी प्राप्त भए पनि कार्यान्वयनको अवस्था निकै कमजोर देखिएको जनाए । 

संयुक्त पर्यवेक्षण समितिले जेजस्ता कमी कमजोरी देखिएपछि निर्वाचन आयोगले छोटो समयमा नै लगभग असम्भव जस्तो देखिएको प्रतिनिधिसभा निर्वाचन गर्न सफल भएको निष्कर्ष निकालेको छ ।

संयुक्त पर्यवेक्षण समितिको प्रतिवेदनका आधारमा आगामी दिनमा सुधारात्मक कार्य हुने नियोकका अध्यक्ष सिवाकोटीले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : ४८ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक