इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु « Khabarhub

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तान नियन्त्रित गिल्गिट-बाल्टिस्तानमा भड्किएको हिंसात्मक प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । फेब्रुअरी २८ मा भएको सो आक्रमणपछि गत मार्च ३ देखि गिलगिट र स्कार्दु क्षेत्रमा तनाव उत्पन्न भएको हो ।

प्रदर्शनकारी र सुरक्षा बलबीच भएका झडपका कारण दर्जनौँ व्यक्ति घाइते भएका छन् भने स्थानीय अस्पतालहरूमा संकटकाल घोषणा गरिएको छ। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले संयुक्त राष्ट्र संघका कार्यालयहरू, सरकारी भवनहरू र पर्यटकीय होटलहरूमा आगजनी गरेका छन्।

विशेषगरी गिलगिटमा रहेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको कार्यालय र स्कार्दुमा रहेको प्रहरी उपरीक्षकको कार्यालयमा ठूलो क्षति पुगेको छ। खामेनीको मृत्युको पुष्टि भएलगत्तै स्कार्दु र बाल्टिस्तान क्षेत्रका बजारहरू पूर्ण रूपमा ठप्प भएका छन् भने स्थिति नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिने तयारी गरिरहेको छ।

वरिष्ठ पत्रकार मन्जर शिग्रीका अनुसार प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले गोली चलाउँदा मानवीय क्षति भएको हो । हाल सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र थप हिंसा भड्किन नदिन प्रहरी तथा अन्य सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ५ : ०३ बजे

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का