‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’ « Khabarhub

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा हुने अवस्था आएको निष्कर्ष निकालेको छ ।  

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले निर्वाचनपछि मधेशी समुदायका बालेन शाह प्रधानमन्त्रीको जिम्मेवारीमा आउने अवस्था बनेको र उत्पीडित जनताहरूले देखेका सपना पुरा हुनेतर्फ देश अघि बढेको निष्कर्ष निकालेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । 

बैठकले बालेन शाहलाई आगामी दिनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको उनले बताए । उत्पीडितमा परेका समुदायको अधिकारका साथै पहिचानसँग सम्बन्धित सवालहरू आगामी सरकारले सम्बोधन गर्ने आशा बैठकले गरेको महतोले उल्लेख गरे । 

उनले अहिलेको निर्वाचनमा बालेन शाहको नाममा देशभर मत आएको भन्दै कसैको विपक्षमा नभई बालेन शाह प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा मतदान भएको तर्क गरे ।

निर्वाचनमा मधेश केन्द्रित दलका कुनै पनि उम्मेदवारले विजय हासिल गर्न नसके पनि मधेशी समुदायका व्यक्ति जित्नु इतिहासकै लागि ठूलो कुरा भएको उनले बताए । 

उनले अहिले व्यक्ति भन्दा पनि मुद्दा मुख्य सवाल भएकाले मधेश केन्द्रित दलहरूले अघि राखेका मुद्दाहरू समाधान हुने आशा गरिएको धारणा राखे । बैठकमा लोसपाका अध्यक्ष महन्त ठाकुर, जनमतका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोलगायत सहभागी थिए । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : ५४ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको