एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन « Khabarhub

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

भक्तपुरको कोरियन अस्पतालमा निधन भएका उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। यसैबीच विधिवत काजकिरियाका लागि ७३ वर्षीय उनले कपाल खौरिएका छन् ।

ओलीलाई परेको पितृ शोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भावी प्रधानमन्त्रीका रुपमा रहेका उनले पिता जस्तो रक्षक कोही नहुने बताउँदै ओलीप र उनकव परिवारप्रति समवेदन प्रकट गरेका हुन् ।

‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरू कोही छैन, पिताजस्तो देवता पनि कोही छैन’, उनले भनेका छन्, ‘केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ । पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।’

के भने बालेन्द्रले ?

नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरू:।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरू कोही छैन, पिताजस्तो देवता पनि कोही छैन।
‘पात्र एक, भूमिका अनेक।’
केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, बैकुण्ठवास होस्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ७ : ३३ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

काठमाडौं- नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको