भारतमा पाठेघरको मुखको क्यान्सरविरुद्ध विश्वकै ठूलो खोप अभियान सुरु « Khabarhub

भारतमा पाठेघरको मुखको क्यान्सरविरुद्ध विश्वकै ठूलो खोप अभियान सुरु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) को बढ्दो दरलाई नियन्त्रण गर्ने उद्देश्यका साथ इतिहासकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत सरकारले हरेक वर्ष करिब १ करोड २० लाख किशोरीहरूलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने लक्ष्य राखेको छ । विश्वभर हुने पाठेघरको मुखको क्यान्सरका कुल घटनामध्ये झन्डै एक-चौथाइ भारतमा मात्रै पाइने गरेको छ, जहाँ वार्षिक १ लाख ३० हजारभन्दा बढी महिलामा यो रोग निदान हुने गर्छ र करिब ८० हजारले ज्यान गुमाउने गरेका छन् ।

यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै भारतीय सरकारले अब देशभरका १४ वर्ष उमेरका करिब १ करोड १५ लाख किशोरीहरूलाई हरेक वर्ष निःशुल्क एचपीभी खोप उपलब्ध गराउनेछ ।

गत हप्तादेखि सुरु भएको यस अभियानमा मुख्यतया अमेरिकी औषधि कम्पनी मर्क एण्ड कोद्वारा उत्पादित ‘गार्डसिल-४’ खोप प्रयोग गरिनेछ। यो एकल मात्रा (सिंगल डोज) को खोपले क्यान्सरका लागि सबैभन्दा खतरनाक मानिने एचपीभी टाइप १६ र १८ विरुद्ध सुरक्षा प्रदान गरी क्यान्सरको जोखिमलाई ९० प्रतिशतसम्म कम गर्ने प्रमाणित भइसकेको छ।

यो बृहत् पहलले आगामी दिनमा भारतमा महिला स्वास्थ्यको अवस्था सुधार्न र क्यान्सरबाट हुने मृत्युदर घटाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : २५ बजे

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख

आज २०८२ साल चैत २४ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख