राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना « Khabarhub

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले राम्रोसँग खेल्ने सक्ने फुटबल खेलाडी ३०-३५ जना मात्रै रहेको बताएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एरिनाले यस्तो बताएका हुन्। राम्ररी खेल्न सक्ने खेलाडीको संख्या बढाउनुपर्ने इटालियन प्रशिक्षक एरिनाले औंल्याएका छन्। एन्फाले बिहीवार मात्र उनीसँग एक वर्षका लागि सम्झौता गरेको थियो।

उनले भने‚ नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको रूपमा काम गर्न पाउँदा खुसी र उत्साहित छु।’ उनले आगामी जुन ५ तारिखमा हङकङसँग हुने मैत्रीपूर्ण फुटबल र अक्टोबरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि बलियो टोली बनाउने लक्ष्य राखेको बताएका छन्।

नेपाली टोलीमा सुधार आवश्यक रहेको बताउँदै कुन कुन क्षेत्रमा सुरधार गर्नुपर्छ भन्ने अध्ययन गरिसकेको उनको भनाइ छ। पछिल्ला २-३ वर्षदेखि नेपाली टोलीबारे नियाल्दै आएको उनले उल्लेख गरेका छन्।

त्यसैले केही पक्षमा सुधार आवश्यक रहेको उनी बताउँछन्। खेलाडीमा राम्रो प्रदर्शन गर्दा राम्रो सम्झौता पाइन्छ भन्ने विश्वास भयो भने तदनुरूप नतिजा पनि सुखद आउने उनी बताउँछन्।

प्रशिक्षक एरिनाले खेलाडीहरूमा बलियो आत्मविश्वास हुनुपर्ने बताएका छन्। उनले नेपाली खेलाडीहरू राम्रो क्षमता पनि रहे पनि उच्च स्तरीय फुटबल खेल्न सक्ने ३०-३५ जना मात्र फुटबलर रहेको बताएका छन्। त्यसैले यो संख्या बढाउन काम गर्नुपर्ने उनले औंल्याएका छन्।

खेलाडीहरूले रणनीति र प्राविधिक रूपमा एउटै टिम भावनाले खेल्ने वातावरण सिर्जना गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने प्रशिक्षक एरिना बताउँछन्।

उनले दुई हप्ताअघि नै नेपाल आएर राष्ट्रिय लिग हेरेको र केही खेलाडीमा अन्ताराष्ट्रिय प्रतियोगिता खेल्नका लागि राम्रो क्षमता रहेको बताएका छन्। उनीहरूले आफूमा फिटनेस र ट्याक्टिकलमा पनि सुधार गर्नुपर्ने उनको भनाइ छ।

नेपालले छिटै दुई खेलमा हङकङ र लाओससँग सुखद खेल्ने आशा उनले गरेका छन्। उनले अब छिटै ४६ जना खेलाडीको सूची तयार बनाएर प्रशिक्षण शुरु गर्ने र त्यसमा समस्याबारे काम गरिने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : ५६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको