प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ « Khabarhub

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

आज प्रधानमन्त्रीसँग भेट भएको र आशीर्वाद ग्रहण गर्ने सौभाग्य मिलेको भन्दै सुदनले नै फेसबुकमार्फत रहेक समय राष्ट्रका लागि महत्त्वपूर्ण रहेको बताएका हुन् ।

जेनजी आन्दोलनको क्रममा सरकार गठनलगायत विषयमा भूमिका खेलेका उनलाई प्रधानमन्त्री कार्कीले तत्कालीन समयमा जेठो छोरो भनेर सम्बोधन गरेकी थिइन् । आज उनले पनि आफूलाई जेठो छोरो भन्दै लेखेका छन् , ‘आज सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्यू बाट शुभकामना तथा आशीर्वाद ग्रहण गर्ने सौभाग्य पनि मिल्यो। नयाँ सरकार गठन हुन केही दिन मात्रै बाँकी रहेको अवस्थामा देशको काम एक क्षण पनि रोक्न मिल्दैन भन्ने मेरो दृढ विश्वास छ। यही सोचका साथ आजदेखि नै आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूर्ण निष्ठाका साथ अघि बढाउने निर्णय गरेको छु।’

उनले समय कम भएको भन्दै आगामी सरकारलाई सहज रुपमा कार्यभार सम्हाल्न सहयोग पुर्याउने उद्देश्यले सबै मन्त्रालयलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै सुरु गनैे पनि बताएका छन् ।

‘हामीसँग समय अत्यन्त सीमित छ। प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ। त्यसैले आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले सबै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्नेछु’, उनले लेखेका छन्, ‘समय कम भए पनि सम्भव भएसम्म बाँकी रहेका समस्याहरू समाधान गर्ने प्रयास पनि जारी रहनेछ। पदभन्दा ठूलो कुरा काम र जिम्मेवारी हो भन्ने विश्वासका साथ, आजदेखि म पूर्ण रूपमा कामतर्फ केन्द्रित भइसकेको छु।
देशको सेवा नै मेरो प्राथमिकता हो ।’

यस्तो छ सुदनको भनाइ

‼️ जेठो छोरा ‼️
आज सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्यू बाट शुभकामना तथा आशीर्वाद ग्रहण गर्ने सौभाग्य पनि मिल्यो।
नयाँ सरकार गठन हुन केही दिन मात्रै बाँकी रहेको अवस्थामा देशको काम एक क्षण पनि रोक्न मिल्दैन भन्ने मेरो दृढ विश्वास छ। यही सोचका साथ आजदेखि नै आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूर्ण निष्ठाका साथ अघि बढाउने निर्णय गरेको छु।
हामीसँग समय अत्यन्त सीमित छ। प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ। त्यसैले आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले सबै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्नेछु।
समय कम भए पनि सम्भव भएसम्म बाँकी रहेका समस्याहरू समाधान गर्ने प्रयास पनि जारी रहनेछ। पदभन्दा ठूलो कुरा काम र जिम्मेवारी हो भन्ने विश्वासका साथ, आजदेखि म पूर्ण रूपमा कामतर्फ केन्द्रित भइसकेको छु।
देशको सेवा नै मेरो प्राथमिकता हो

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको