चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ « Khabarhub

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब २७ लाख रुपैयाँ बचत गरेको बताएका छन् ।

चुनावमा जम्मा भएको चन्दा रकमबाट उनले खर्च गरेर २७ लाख बढी रुपैयाँ बचत रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ विभिन्न दाताहरूबाट कुल ५६ लाख ३७ हजार ८९३ आम्दानी भएको र ४५ दिने चुनावी प्रचारप्रसारका क्रममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको बताएका छन् ।

उनले अझै पनि बैंक खातामा २७ लाख ६९ हजार २५ रुपैयाँ बाँकी रहेको जानकारी दिएका छन् ।

झापा वा काठमाडौं जस्तो सुगम क्षेत्रमा एक घण्टामै धेरै ठाउँ घुम्न सकिने भए पनि म्याग्दीको भूगोल फरक रहेको भन्दै उनले म्याग्दीको भौगोलिक विकटताका कारण चुनावी अभियान चुनौतीपूर्ण रहेको बताएका छन्।

१० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको उनले उल्लेख गरेका छन्।

सोही अवधिमा भएको खर्च कटाएर बाँकी रकम अब जनताको सेवामा खर्च गर्ने उनको योजना छ। बैंकमा बाँकी रहेको उक्त रकम आगामी ५ वर्षसम्म बेनीमा एउटा सम्पर्क कार्यालय सञ्चालन गर्न उपयोग गर्ने पुनले घोषणा गरेका छन्।

विशेषगरी दुर्गम गाउँघरबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने र विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्ने सर्वसाधारणलाई लक्षित गरी यो कार्यालय खोल्न लागिएको हो।

उनका अनुसार कार्यालयमा दुई जना कर्मचारी, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टर जस्ता आवश्यक उपकरणहरू राखिनेछन्। यस कार्यालयले सदरमुकाम आउने जो९कोहीलाई निस्शुल्क रूपमा सामान्य मद्दत र प्रशासनिक सहजीकरण प्रदान गर्ने उनले जानकारी दिएका छन्।

‘यो पैसा बेनीमा ५ वर्षको लागि मेरो सम्पर्क कार्यालय खोलेर गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजले आउनेहरू र सहयोग चाहिनेहरूलाई निस्शुल्क सामान्य मदत गर्न खर्च गरिनेछ,’ पुनले भनेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : १६ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री