शुक्रबार झापामा सबैभन्दा बढी वर्षा « Khabarhub

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार, अझै केही दिन बदली कायम रहनेछ ।

अहिले पनि तनहुँ मकवानपुर, बारालगायत जिल्लाहरूमा वर्षा भइरहेको छ । गण्डकीभन्दा पश्चिम नेपालमा भने शुक्रबार वर्षा भएको छैन । आज विभिन्न क्षेत्रमा हुरीबतास र चट्याङसहित असिनापानीसमेत परेको थियो । यसअघि बिहीबार चितवनमा १२ घण्टामै १२६ मिलीमिटर वर्षा भएको थियो ।

शनिबार कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोसी प्रदेशका तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १० : ०० बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका