नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’ « Khabarhub

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहमा पूर्ण रूपमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार सोमबारबाट यो नाकाबन्दी सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ‘स्ट्रेट अफ हर्मोज’ बाट भित्रिने र बाहिरिने सबै जहाजलाई अमेरिकी नौसेनाले रोक्ने चेतावनी दिएपछि यो स्थिति आएको हो । यद्यपि, अमेरिकाले अन्य मुलुकका लागि उक्त मार्ग भएर जाने जहाजमा भने अवरोध नगर्ने प्रस्ट पारेको छ । इरानसँगको यो बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी घोषणा लगत्तै इरानको आईरआरजीसीले कडा प्रतिक्रिया दिएको छ । उक्त समुद्री मार्गमा आउने कुनै पनि सैन्य जहाजलाई ‘कडा कारबाही’ गरिने आईआरजीसीले चेतावनी दिएको हो । इरानी संसदका सभामुख मोहम्मद बागेर घालिबाफले इरान धम्कीका अगाडि कहिल्यै नझुक्ने र आत्मसमर्पण नगर्ने बताएका छन् ।

पाकिस्तानमा भएको भनिएको प्रत्यक्ष वार्ता पनि असफल भएपछि यो वातावरण अशान्त बनेको हो । इरानले आफ्नो परमाणु महत्त्वाकाङ्क्षा नत्यागेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको ट्रम्पको दाबी छ । तर, इरानी पक्षले भने दुवै देश सम्झौताको निकै नजिक पुगे पनि अमेरिकाको ‘अधिकतम माग’ र अन्तिम समयमा सर्तहरू फेर्ने प्रवृत्तिका कारण वार्ता भाँडिएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपतिको यो पछिल्लो कदमले अमेरिकाका लागि नयाँ कूटनीतिक र सैन्य चुनौती थपेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ३८ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर