इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो « Khabarhub

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । एसियाली बजार खुल्नेबित्तिकै इन्धनको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै ऊर्जा बजारमा हलचल मच्चिएको छ । अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३७ डलर पुगेको छ । यस्तै, वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) ९ प्रतिशतले वृद्धि भई १०५.३४ डलर कायम भएको छ ।

गत साता वासिङ्टन र तेहरानबीच दुई साताका लागि ससर्त युद्धविराम र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मोज’ व्यापारिक मार्ग खोल्ने सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा तल झरेको थियो । तर, वार्ता विफल भएसँगै विश्वव्यापी ऊर्जा सङ्कट थप गहिरिने चिन्ता बढेको छ ।

विश्वको कुल ऊर्जा ढुवानीको पाँचौँ हिस्सा ओगट्ने यो समुद्री मार्ग अहिले युद्धको मुख्य केन्द्र बनेको छ । गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण यहाँबाट हुने ढुवानी ठप्प प्रायः छ । भारत र मलेसियाजस्ता केही मुलुकले आफ्ना जहाजका लागि सुरक्षित मार्गको पहल गरे पनि विश्वव्यापी रूपमा इन्धन आपूर्ति प्रभावित भइरहेको छ ।

इन्धनको मूल्य वृद्धि र युद्धको तनावका कारण एसियाका प्रमुख सेयर बजारमा पनि गिरावट देखिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ५४ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्