भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै « Khabarhub

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सातदोबाटो युथ क्लब, एपिएफ फुटबल, प्लानिङ ब्वाइज युनाइटेड, एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११, केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ । महिला फुटबल प्रतियोगितामा विजेताले एक लाख ६ हजार र उपविजेताले ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १० : ५३ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक