काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले घटेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९६ हजार ७ सयमा भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार हुँदै छ ।













प्रतिक्रिया