अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने « Khabarhub

अमेरिकी नाकाबन्दी प्रयासबीच इरानको चेतावनी, बेलायतले ट्रम्पको योजनामा साथ नदिने


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले फारस खाडी र ओमान सागरका बन्दरगाहबारे कडा चेतावनी दिएको छ। इरानी सेनाले ती बन्दरगाह ‘या त सबैका लागि खुला हुने, नत्र कसैका लागि पनि नहुने’ स्पष्ट पारेको छ।

सेनाले आफ्नो बन्दरगाहको सुरक्षामा खतरा पुगे खाडी क्षेत्रका कुनै पनि बन्दरगाह सुरक्षित नहुने चेतावनी दिएको छ।

यसका साथै, होर्मुज स्ट्रेटको सुरक्षा सुनिश्चित गरिरहने र ‘शत्रुसँग सम्बन्धित’ जहाजलाई त्यहाँबाट गुड्न नदिने बताएको छ।

अन्य जहाजलाई भने इरानका नियमअनुसार आवतजावत गर्न अनुमति दिइने उल्लेख गरिएको छ।

इरानले युद्ध समाप्त भएपछि समेत होर्मुज स्ट्रेटमा स्थायी नियन्त्रण संयन्त्र लागू गर्ने जनाएको छ।

यसका साथै संयुक्त राज्य अमेरिका माथि अन्तर्राष्ट्रिय जलमार्गमा जहाजको आवतजावत रोक्नु गैरकानुनी भएको आरोप लगाउँदै त्यसलाई ‘समुद्री डकैती’ को संज्ञा दिएको छ।

बेलायतले अमेरिकालाई नसघाउने

बेलायतले इरानका बन्दरगाहमाथि संयुक्त राज्य अमेरिकाले गर्न लागेको नाकाबन्दीमा सहभागी हुन अस्वीकार गरेको छ।

रिपोर्टअनुसार बेलायती नौसेना र सैनिक यो अभियानमा सहभागी हुने छैनन्। तर बेलायतले आफ्ना माइन्स्विपर जहाज र एन्टी–ड्रोन प्रणाली भने क्षेत्रमा सक्रिय रहने जनाएको छ।

यूके सरकारका प्रवक्ताले समुद्री मार्गको स्वतन्त्रताको समर्थन गर्दै होर्मुज स्ट्रेट खुला रहनु अत्यन्त आवश्यक रहेको बताएका छन्।

उनका अनुसार यो महत्वपूर्ण जलमार्ग खुला रहनुले विश्व अर्थतन्त्र र आन्तरिक महँगी नियन्त्रणमा सहयोग पुग्छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ३१ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि