ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी « Khabarhub

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ।

अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार सोमबार ‘सिम्पोम्याटिक कोलेलिथियासिस’ समस्याका कारण ओलीको ‘ल्याप्रोस्कोपिक कोलेक्सिसटेक्टोमी’ विधिबाट शल्यक्रिया गरिएको हो।

शल्यक्रिया नेफ्रोलोजी विभागका प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेशराज सिग्देलको समन्वयमा जीआई सर्जरी विभागका प्रा.डा. पलेश्वा जोशी लाखे, सह प्रा.डा. विष्णु प्रसाद कडेल र डा. दीपक शर्मासहितको टोलीले गरेको थियो।

एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशी संलग्न थिए। शल्यक्रियापछि ओलीलाई निगरानीका लागि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ।

आईसीयूमा सह प्रा.डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेमराज पनेरुको टोलीले उपचार गरिरहेको छ । कार्डियोलोजी तर्फबाट प्रा.डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा पनि उपचारमा संलग्न छन्। अस्पतालका अनुसार हाल ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ५७ बजे

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका