नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि « Khabarhub

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र क्षेत्रफलमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालमा रियल इस्टेट बजारको अवस्था’ नामक प्रतिवेदनले घरजग्गा कारोबारमा सो प्रकारको तथ्यांक देखिएको हो । 

तथ्यांकअनुसार राजीनामा (खरिद–बिक्री) मार्फत भएको कारोबारको कुल संख्याका आधारमा मधेश प्रदेश निरन्तर रूपमा सबैभन्दा अगाडि छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार संख्या सबैभन्दा कम छ । कुल कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा ठूलो छ । 

तर, कारोबारको घोषित मूल्य(थैली रकम) का आधारमा भने बागमती प्रदेश शीर्ष स्थानमा छ । आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा बागमती प्रदेशमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोही अवधिमा राष्ट्रिय स्तरमा कुल १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुँदै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

आर्थिक वर्ष २०७९-८० देखि २०८१-८२ सम्मको तथ्यांक विश्लेषण गरिएको उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा घरजग्गा कारोबार संख्याले उच्च बिन्दु छोएको छ । प्रतिवेदनअनुसार हरेक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने गरेको छ । 

आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा सबैभन्दा बढी अर्थात् ४ लाख ५६ हजार ९०.४५६ मिलियन० राजीनामा कारोबार भएको छ ।

कुन आकारको जग्गाको माग बढी ?

जग्गाको आकारअनुसार विश्लेषण गर्दा मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा २.५ देखि १० आनासम्मका जग्गाको कारोबार सबैभन्दा बढी हुने गरेको छ । मधेश प्रदेशमा भने २० आनाभन्दा ठूला जग्गाको कारोबार बढी हुने गरेको छ । जसले मुख्यतया कृषि वा औद्योगिक प्रयोजनका लागि ठूला जग्गाको माग रहेको संकेत गरेको छ ।

प्रतिवेदनअनुसार सहरी क्षेत्र विशेषगरी महानगर र उपमहानगरपालिकाहरूमा ५ देखि १० आनासम्मका मध्यम आकारका जग्गाको कारोबार सबैभन्दा धेरै हुने गरेको पाइएको छ । २.५ आनाभन्दा साना र २० आनाभन्दा ठूला जग्गाको कारोबार भने महानगर तथा उपमहानगर क्षेत्रमा तुलनात्मक रूपमा कम छ । 

महानगरपालिकाहरू मध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संख्यामा कारोबार भएको छ भने काठमाडौं महानगरपालिका मा जग्गाको मूल्य उच्च भएका कारण कारोबारको कुल मूल्य सबैभन्दा धेरै देखिएको छ ।

कर्जा र राजस्वमा सकारात्मक प्रभाव

बैंक कर्जा र राजस्वमा सुधार घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी पनि बढ्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको विश्लेषण गर्दा आर्थिक वर्ष २०७७-७८ देखि २०८१-८२ को बीचमा रियल इस्टेट कर्जा ७२.४१ प्रतिशतले र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । यसले घरजग्गा क्षेत्रमा बलियो र निरन्तर माग रहेको संकेत गरेको छ । 

सरकारले घरजग्गा क्षेत्रबाट संकलन गर्ने राजस्व आर्थिक वर्ष २०७८-७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेर उच्च बिन्दुमा पुगेको थियो । पछि घटेर आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको राजस्व आर्थिक वर्ष २०८१-८२ सम्म आइपुग्दा सामान्य सुधार हुँदै १५.८ अर्ब रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ०० बजे

सरकारले १ मिलियन स्वीस फ्रेन्क अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद