अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू) « Khabarhub

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको वैद्य स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आयस्रोत खुलाऊ, सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री, मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानबिन गर, हामी चुप लाग्दैनौ, आयस्रोत खुलाउनै पर्छ, झण्डा नीलो मन्त्रिपरिषद् पहेँलो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीले रास्वपा नेतृत्वको सरकारमा रहेका सदस्यहरूको सम्पत्ति अस्वाभाविक देखिएकाले स्रोत छानबिन गर्नुपर्ने बताइन् । सदनमा प्रतिपक्षी निकै कमजोर भएकाले अखिल क्रान्तिकारी जनताको आवाज लिएर सडकबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताइन् ।  

यसअघि आइतबार प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ५९ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन