अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू) « Khabarhub

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सोमबार अखिल क्रान्तिकारीले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको वैद्य स्रोत सार्वजनिक गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले आयस्रोत खुलाऊ, सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री, मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत छानबिन गर, हामी चुप लाग्दैनौ, आयस्रोत खुलाउनै पर्छ, झण्डा नीलो मन्त्रिपरिषद् पहेँलो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अखिल क्रान्तिकारीकी उपाध्यक्ष ममता अधिकारीले रास्वपा नेतृत्वको सरकारमा रहेका सदस्यहरूको सम्पत्ति अस्वाभाविक देखिएकाले स्रोत छानबिन गर्नुपर्ने बताइन् । सदनमा प्रतिपक्षी निकै कमजोर भएकाले अखिल क्रान्तिकारी जनताको आवाज लिएर सडकबाटै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उनले बताइन् ।  

यसअघि आइतबार प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ५९ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार