प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल « Khabarhub

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय नभइसकेको बताएका छन् ।

हिन्द महासागरसम्बन्धी सम्मेलनमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो जानकारी दिएका हुन् ।

नयाँ सरकारका प्राथमिकता निर्धारण भइसकेपछि बल्ल प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण हुने उनले बताए । उनले दुबै देशको मन्त्रालयका प्राविधिक संयन्त्रहरुले काम पूरा गरिसकेपछि प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने बताए ।

प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ सन्देशमै भ्रमणको निम्तो दिएको उल्लेख गरे ।

मौरिससमा भारतीय समकक्षी एस जयशङ्करसँगको भेटमा उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ३ : ४६ बजे

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौं– अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौं–  परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो

सुजनले चौथोपटक छेडे जिब्रो

काठमाडौं– भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्कालाई

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड

एजेन्सी– अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन,