बले चिप्लिँदा सुशीललाई चिठ्ठा « Khabarhub

बले चिप्लिँदा सुशीललाई चिठ्ठा


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको आरोप लगाएपछि नायक सुशील सिटौलाले सोच्दै नसोचेको फिल्म हात परेका छन् । 

९० प्रतिशत छायाङ्कन भइसकेको फिल्म ‘पाँच पाण्डव’बाट बले निकालिएपछि सिटौलाको प्रवेश भएको हो । 

निर्माण पक्षले उनी अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । 

फिल्मका प्रस्तुतकर्ता भन्छन्, ‘हामीलाई एक कलाकारको आवश्यक पर्‍यो । सुशीलालाई लिएका हौं ।’

सुशीलका लागि ‘पाँच पाण्डव’ कल्पना बाहिरको फिल्म हो । छायाङ्कनको अन्तिमतिर पुगेका फिल्ममा अवसर पाउन जो कोहीको कल्पनाको विषय होइन। 

हुन पनि बले बलात्कार काण्डमा नफसेर न निकालिएका भए सुशीलले फिल्म पाउने थिएनन् । बलेका कारण सुशीललाई चिठ्ठा परेको हो । 

सुशीलले अब हरिवंश आचार्य, जितु नेपाल र आर्यन सिग्देल जस्ता सिनियर कलाकारसँग स्क्रिन सेयर गर्न पाउनेछन् । 

यस फिल्ममा महेश त्रिपाठी, दीपाश्री निरौला र सरिता गिरी जस्ता कलाकारको अभिनय रहेको छ । 

काली रानी फिल्मस्को ब्यानरमा बन्ने छायाङ्कनको चरणमा रहेको यस फिल्मको निर्देशक वसन्त निरौला हुन् ।

कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ५ : ४९ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको