बिसुपर्व मनाउन घर फर्कँदै नेपाली « Khabarhub

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएकाहरू पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल नेपाल चेक पोष्टले जनाएको छ । 

सो चेक पोष्टका अनुसार भारतका विभिन्न सहरबाट दिनहुँ एक हजार बढी नेपाली भित्रिरहेका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किनेको सङ्ख्या धेरै छ । 

लामो समयदेखि दिल्लीको होटलमा काम गर्दै आएका डोटीको आदर्श गाउँपालिका घर भएका डम्बरबहादुर खड्काले बिसु मनाउनकै लागि घर फर्केको बताए ।

‘बिसुपर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरूबीच एकसाथ भेटघाट हुने र मीठामीठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ’, खडकाले भने, ‘जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको दुःख भुल्न सहयोग गर्छ ।’

भारतको कानपुरमा रोजगार गरी घर फर्कँदै गरेका कैलालीको ओलानीका हरि आउजीले पनि पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताए । रोजगारीका लागि छिमेकी मुलुक भारत जाने सर्वसाधारण कोही छोटो समय त कोही लामो समयका लागि जाने गर्दछन् ।
 
खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेलामात्र घर फर्कने गर्दछन् ।
 
सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्गलोरलगायत ठूला सहरमा जाने गर्दछन् । 
 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ४६ बजे

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)