चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण « Khabarhub

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी आज सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । 

उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली नम्बर प्लेटमा १७ वटा स्कुटर र ३३ वटा मोटरसाइकल फेला पारेर आज एकैपटक सवारीधनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले सवारी सुरक्षाका विषयमा सचेत रहन आग्रह गर्दै भने, ‘सवारीसाधनमा जिपिएस प्रणाली जडान गर्ने, बलियो लक प्रयोग गर्ने र सुरक्षित स्थानमा पार्किङ गर्ने बानी विकास गर्न जरुरी छ । यसले चोरीका घटना न्यूनीकरण गर्न मद्दत पुर्याउँछ ।’

यसैगरी, ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हराएका सवारीसाधन खोज्न विशेष टोली परिचालन गरिएको जानकारी दिए । 

उनका अनुसार कतिपय सवारी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेको अवस्थामा फेला पारिएका थिए । यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए  ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ५८ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु